जुम्ला । सामुदायिक विद्यालयमा विद्यार्थी आर्कषण गर्न सरकारले हरेक वर्ष वैशाख महिनाभर भर्ना अभियान सञ्चालन गर्छ । तर, औपचारिकतामा मात्रै सीमित यस्ता अभियानले कुनै सार्थकता नपाएको जुम्लाको पातारासीको एक विद्यालयमा देखिएको भर्ना अवस्थाले देखाएको छ ।
पातारासी गाउँपालिका वडा नम्बर ५ लासीमा रहेको ज्योति आधारभूत विद्यालयमा यस वर्ष कुनै पनि विद्यार्थीले भर्ना नगरेपछि ग्रामीण भेगका सामुदायिक विद्यालयप्रति विद्यार्थीको विकर्षण बढ्दै गएको प्रष्ट हुन्छ । विद्यालयको भवन छ । पढाउने एउटा स्थायी दरवन्दी छ, एउटा राहत शिक्षक, एउटा गाउँपालिका अन्तर्गतको अनुदान शिक्षक, एक निजी र एक सहयोगीसहित पाँच जना छन् ।
कक्षा चारसम्म पढाइ हुन्छ । अनुमति पाँच सम्मको छ। पातारासी गाउँपालिकाले तीन कोठे पक्की भवन बनाइ दियो, डेस्क बेन्च पनि सहयोग गरेको छ। ३२ जना विद्यार्थी रहेकोमा कहिलेकाही त एक जना विद्यार्थी पनि विद्यालयमा हुँदैनन् । सबै कक्षाका टेबुलहरू खाली हुन्छन् ।
शिक्षकहरु विद्यालय आउँछन्, हाजिर गर्छन् र चौरमा एकैछिन गफिएर आफ्नो घरमा फर्कन्छन् । विद्यालयकी प्रधानाध्यापक सरस्वती कुमारी ऐडीका अनुसार समुदायका विद्यार्थीहरु सबै बोर्डिङ जान थालेपछि सामुदायिक विद्यालय खाली भएका छन्। विद्यालय प्रति अभिभावकको चासो नभएको उनले गुनासो पोखिन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ साउन २०७९, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामुदायिक विद्यालय निजीसँग प्रतिस्पर्धा गर्न सक्षम छन् : अध्यक्ष प्रचण्ड
सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको पहलको परिणाम देखिन थालेको छ : उपप्रधानमन्त्री सिंह
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
सामुदायिक विद्यालयका १७५ वटा सटरमा महानगरले लगायो ताला
विद्यार्थी भर्ना गर्न विद्यालयहरुको घरदैलो