जङ्गली च्याउ खाँदा ११ बिरामी

सफल खबर संवाददाता

विहीबार, १२ साउन २०७९, ०७ : ३७
जङ्गली च्याउ खाँदा ११ बिरामी

रसुवा । जङ्गली च्याउ खाँदा बुधबार साँझ उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन् ।

जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा निरज फोजुका अनुसार जङ्गली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जना गम्भीर रहेकाले थप उपचारार्थ सबैलाई त्रिशुली अस्पताल रिफर गरिएको छ । 

उपचारका लागि आज अपराह्न अस्पताल आएका बिरामी लम्जुङ तथा रसुवाका रहेको तर उनीहरूले यहाँ के काम गर्थे भन्नेबारे एकिन थाहा नभएको डा फोजुले बताए ।

तरकारीको रूपमा उपयोग गरिने पहिचान नभएका च्याउलगायत कुनै पनि चीज नखान चिकित्सकले सबैमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस