काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले नेपाली नर्स बेलायत नपठाउन माग गरेका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अमेरिकी सहयोग परियोजना एसपीपी र भुतपुर्व सिंगापुर गोर्खा सैनिक बारेको छलफलका क्रममा उनले बेलायतमा गोर्खा भर्ती जस्तै नेपाली नर्स भर्ती गर्न नहुने बताए ।
नेपालका दुर्गम क्षेत्रमा रहेका अस्पताल, स्वास्थ्य संस्थामा नर्सलगायत स्वास्थ्यकर्मीको अभाव रहेको भन्दै उनले नेपाली दक्ष जनशक्ति बेलायत निर्यात गर्न नहुने बताए । सांसद रावलले बेलायतको उच्चस्तरीय समितिले १० देखि १५ हजार नर्स भर्ना नगर्ने हो भने स्वास्थ्य क्षेत्रमा समस्या आउने प्रतिवेदन बुझाएको २ दिनपछि नेपाल सरकारले बेलायतमा नर्स पठाउने निर्णय गरेको भन्दै सरकार कोबाट परिचालित छ भन्दै प्रश्न गरे ।
उनले भने, ‘नेपालको विकट क्षेत्रमा हेर्ने हो भने अझै उपचारका लागि नर्स छैनन् । एउटा देशलाई चाहियो भन्दैमा गोर्खा भर्ती गरेजस्तै नर्स भर्ती गर्ने ? नेपालीले यत्रो दुख गरेर तयार पारेको जनशक्ति विदेशीलाई सुम्पने ?’ सांसद रावलले सरकारले बेलायतमा नर्स पठाउने सम्झौता कहिले गर्यो, यसबारेमा के भईरहेको छ संसदलाई जानकारी गराउन माग गरे ।
उनले प्रधानसेनापतिको अष्ट्रेलिया भ्रमणबारे पनि प्रश्न उठाएका छन् । अमेरिका समेत आयोजक रहेको र इन्डो प्यासिफिक सैन्य रणनीतिसँग जोडिएको भन्दै सरकार र सेनासँग जवाफ माग्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ साउन २०७९, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावलले धनगढीमा माघ २६ गते मातृभूमि जागरण भेला गर्दै
भीम रावलले टुंग्याए पार्टीको नाम
भीम रावलको अभियानलाई शुभकामनासहित झलनाथको दिए तीन बुँदे सुझाव
दोस्रो जनआन्दोलनमा गणतन्त्र ल्याउने एजेन्डा थिएन : भीम रावल
सुनसरीमा तय भएको कार्यक्रम रोकिएपछि बाटोबाटै फर्किए भीम रावल
भीम रावललाई स्वागत गर्न नेकपा एस र दुर्गा प्रसाईँका कार्यकर्ता विमानस्थलमा