ओम डेभलपमेण्ट बैंकले गर्‍यो गलेश्वर आश्रम, देवघाटद्वारा सञ्चालित बिद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग

बुधबार, २३ जेठ २०७५, १९ : ०३
ओम डेभलपमेण्ट बैंकले गर्‍यो  गलेश्वर आश्रम, देवघाटद्वारा सञ्चालित बिद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग

चितवन । ओम डेभलपमेण्ट बैंक लिमिटेड नारायणगढ शाखाको ५ औ बार्षिकोत्सबको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले गलेश्वर आश्रम,  देबघाट, तनहुँद्वारा संचालित बिद्यालयलाई रु १ लाख मुल्य बराबरको कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले चितवन वरपरका क्षेत्रमा मन्दिर सरसफाई कार्यक्रम, डस्टविन वितरण, ट्राफिक सचेतना, बृक्षारोपण, स्वास्थ्य शिविर, जस्ता सामाजिक कार्यहरु गर्दै आईरहेको छ । आगामी दिनमा पनि यस्तै सामाजिक कार्य गरिने बैंकका नारायणगढ क्षेत्रिय कार्यालय प्रमुख दुर्गाराम पुरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस