काँग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे

बुधबार, २३ जेठ २०७५, १७ : ११
काँग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे

काठमाडौँ । राष्ट्रियसभामा नेपाली काँग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे मनोनयन हुनुभएको छ ।

काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आज सांसद पाण्डेलाई राष्ट्रियसभाका लागि संसदीय दलको नेतामा मनोनयन गर्नुभएको हो ।

पार्टी संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम उहाँलाई मनोनयन गरिएको काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले जानकारी दिनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस