काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको दशक नेपाल निर्माण र समुन्नतिको दशकको रुपमा अघि बढ्ने बताएका छन्।
सोमबार ललितपुरमा नेपाल ललितकला संघले आजोजना गरेको कला संस्कृतिको उत्थान विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन्।
महामन्त्री शर्माले बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाएर देशमा सबै भाषा, संस्कृतिको प्रगति गरेर सबै दललाई सँगै लैजानसक्ने समाज बनाएर जान काँग्रेस सक्षम रहेको दाबी गरे। उनले नेपाललाई श्रीलंका नबन्ने बाटोमा, नेपाल देशलाई समुन्नतिको उचाईमा लैजाने बाटोमा नेपाली कांग्रेस सक्षम रहेको बताए।
‘यो देशलाई समुन्नत उचाईमा लिएर जान बाँकी छ। नेपाललाई श्रीलंका नबन्ने बाटोमा, नेपाल देशलाई समुन्नतिको उचाईमा लैजाने बाटोमा नेपाली कांग्रेस पार्टी सक्षम छ। बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाएर यो देशमा सबै भाषा, संस्कृतिको प्रगति गरेर सबै दललाई सँगै लैजानसक्ने समाज हामी बनाएर जानेछौँ। अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको दशकको रुपमा लैजानुपर्छ,’ महामन्त्री शर्माले भने।
महामन्त्री शर्माले कलाकार राष्ट्रका गहना नभइ गौरव भएकोले यस्ता भनाइहरुमा पनि परिवर्तन गर्न आवश्यक रहेको बताए। उनले नेपालले संसारसामु उच्च शिर राखेर समृद्धिको उचाई जित्न बाँकी रहेको भन्दै कला, संस्कृति र साहित्यले यसमा धेरै सहयोग पुग्ने बताए।
उनले भने, ‘कलाकार राष्ट्रका गहना होइनन्, गौरव हुन्। गहना लगाइन्छ, बिक्री हुन्छ तर गौरव बिक्री हुँदैन।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ साउन २०७९, १६ : २७
लेखकबाट थप