काठमाडौं। फ्रान्सले भलिबल नेसन्स लिग (भिएनएल) २०२२ अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ । इटालीमा सोमबार सम्पन्न फाइनलमा साविक ओलम्पिक च्याम्पियन फ्रान्सले अमेरिकालाई ३-२ को सेटमा हराउँदै पहिलोपटक भिएनएलको उपाधि जितेको हो ।
प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले अमेरिकालाई २५–१६ २५–१९ १५–२५ २१–२५ १५–१० को सेटमा हरायो । यसैगरी आइतबार तेस्रो स्थानका लागि भएको खेलमा ओयाजक इटालीलाई २५–१६ २५–२३ २५–२० को सोझो सेटमा हराउँदै विश्व च्याम्पियन पोल्यान्डले कास्य पदक जित्यो ।
टोकियो ओलम्पिकमा ‘मोस्ट भ्यालुएबल प्लेअर’ को अवार्ड पाएका एर्भिन भिएनएलको पनि एमभिपी नै घोषित भए । ३१ वर्षीय एर्भिनले यसअघि एफआइभिबी भलिबल वल्र्ड लिगको सन् २०१५ र २०१७ मा पनि यही अवार्ड जितेका थिए ।
यसैगरी प्रतियोगिताको उत्कृष्ट सेटर अमेरिकाका मीका क्रिस्टनसन, ओपोजिट फ्रान्सका जीन पेट्री, वाउट साइड हिटर फ्रान्सका ट्रेभर क्लेभेनोट र इर्भिन, मिडल ब्लकर पोल्यान्डका डेभिड स्मिथ र म्याथेयज बाइनिक तथा लिब्रो फ्रान्सका जेनिया ग्रेबेनिकोभ घोषित भए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ साउन २०७९, १४ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फ्रान्सका दुई तिहाइ जनता नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट
फ्रान्सको सरकार ३ महिनामै ढल्यो
फ्रान्समा नयाँ प्रधानमन्त्रीको नियुक्तिको विरोध, हजारौं मानिस सडकमा
स्पेन युरोकपको फाइनलमा, सेमीफाइनलमा फ्रान्स पराजित
फ्रान्सका प्रधानमन्त्रीद्वारा राजीनामा
फ्रान्सका बामपन्थी गठबन्धनका नेता भन्छन्, प्यालेस्टाइन राज्यलाई मान्यता दिन्छौं