अर्थमन्त्री प्रकरण

संसदीय छानबिन समितिको बैठक बस्दै, शर्मामाथि ‘रिपोर्टिङ’ लेख्न सुरू गरिने

सफल खबर संवाददाता

शुक्रबार, ०६ साउन २०७९, ०९ : १८
संसदीय छानबिन समितिको बैठक बस्दै, शर्मामाथि ‘रिपोर्टिङ’ लेख्न सुरू गरिने

काठमाडाैँ । आज संसदीय छानबिन समितिको बैठक बस्दैछ।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।

आजको बैठकबाट पूर्वअर्थमन्त्री शर्मामाथिको ‘रिपोर्टिङ’ लेख्न सुरू गरिनेछ।तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ।

पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस