काठमाडाैँ । नेकपा एमालेका सांसद नरबहादुर धामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुदूरपश्चिमका जनताले ३१ वर्षदेखि थारो भैंसी पालेझैँ पाल्नुपरेको बताएका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद धामीले सुदूपश्चिमका जनताले प्रधानमन्त्री देउवालाई ६ पटक चुनाव जिताएर पाँचपटक प्रधानमन्त्री बनाए पनि सुदूरपश्चिमका लागि केही नगरेको बताए।
प्रधानमन्त्रीलाई ३१ वर्षदेखि जनताले भोट दिए पनि भोट बालुवामा पानी हाले बराबर भएको उनले टिप्पणी गरे। प्रधानमन्त्रीले कैलालीको गेटामा मेडिकल विश्वविद्यालय खोल्ने कुरामा बेवास्ता गरे सुदूरपश्चिमका जनताप्रति गद्दारी, विश्वासघात गरेको ठहरिने धामीले बताए।
सांसद धामीले गेटामा विश्वविद्यालय बनाउनका लागि मन्त्रिपरिषद्को निर्णय गराउन नसकेको भन्दै प्रधानमन्त्री देउवाको तिखो आलोचना गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ साउन २०७९, १४ : ४५
लेखकबाट थप