काठमाडौं । संसदीय छानबिन समितिको बैठक आज पनि बस्दैछ। बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।
बैठकले आज अर्थ मन्त्रालयका सचिवसँग छलफल गरेर निचोड निकाल्ने कार्यतालिका छ। यसअघि आइतबार बसेको समितिको बैठकमा सिसिटिभी फुटेज हेर्ने व्यक्ति बोलाइए पनि फुटेज प्राप्त नभएको बैठकमा सहभागी एक सांसदले बताएका छन्।
‘अरू धेरै कुरा त भन्न सकिँदैन, तर हामीले मागेको फुटेज प्राप्त भएन,' उनले भने। बैठकमा प्रशासन महाशाखा प्रमुख, सिसिटिभीसँग सम्बन्धित काम गर्ने आइटी इन्जिनियर र बजेट महाशाखा प्रमुखहरूका साथै राजस्व र अर्थ सचिवहरूले आफ्ना भनाइहरू राखेको पनि ती सांसदले बताए।
'सबैका कुरा सुनियो। तर न सिसिटिभी फुटेज भेटियो न कसैले बजेट निर्माणमा असम्बन्धित मान्छे आएको स्वीकारे,' उनले भने।
फुटेजका लागि ताकेता गरे पनि प्राप्त नभएको भन्दै उनले समितिको आगामी काम फुटेज प्राप्त गर्नमै केन्द्रित हुने बताए।
'खोजेको विषय कसरी प्राप्त गर्ने भन्ने विषयमा भोलि बिहान साढे दस बजे बैठक बसेर आन्तरिक छलफल गरेर अगाडि बढ्नेछौं,' उनले भने।बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका शर्मामाथि छानबिन गर्न बनेको समितिले आइतबार छलफल गरेको हो। यसैबीच समितिले शनिबारबाट अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको अध्ययन सुरू गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ साउन २०७९, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस थप लचक बन्यो, अब सहमति होला : महेशकुमार बर्तौला
संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदल बैठक बस्दै
संसदीय छानबिन समितिको टीओआर बनाउन बैठक बस्दै
सत्तारुढ गठबन्धन र कांग्रेसबिच संसदीय छानबिन समिति गठन गर्ने सहमति
संसदीय छानबिन समितिको कार्यादेश भोलि टुंगो लाग्ने
कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने