काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ फक्सिङटारमा जलेर एक बृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार फक्सिङटारका स्थानीय ८४ वर्षीय जगतप्रसाद शिल्पकारको आफ्नै घरमा जलेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार तीन तले पक्की घरको भुइँतलामा कम्मरदेखि मुनिको भाग जलेको अवस्थामा शिल्पकारको शव भेटिएको हो । घरको भुइँतलामा उनी एक्लै बस्ने गरेका थिए । उनका छोरा बुहारी भने माथिल्लो तलामा बस्ने गरेको जनाइएको छ ।
शिल्पकारको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३२ असार २०७९, १४ : ४८
लेखकबाट थप