दुई जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ३२ असार २०७९, १३ : २५
दुई जनाको मृत्यु

काठमाडाैँ ।   दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१९ का १५ वर्षीय शंकर विक रहेको प्रहरीले जनाएको छ।शुक्रबार दिउँसो बाख्रा चराउन गएका बेला चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

यस्तै, घोराहीमा गोठ भत्किँदा एक शिशुको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका-९ मा शनिबार बिहान सवा ७ बजेतिर माटोले बनेको गोठ भत्किँदा त्यसमा परी घाइते २ वर्षीया बालिकाको मृत्यु भएको हो।

मृत्यु हुनेमा इब्राहिम मियाकी २ वर्षीया छोरी अबिता खातुन रहेकी छन्। उनको उपचारका क्रममा मृत्यु भएको थियो। गम्भीर घाइते ती शिशुलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको  छ।

प्रतिक्रिया दिनुहोस