संसदीय छानबिन समितिको बैठक बस्दै

सफल खबर संवाददाता

शुक्रबार, ३१ असार २०७९, ०८ : २१
संसदीय छानबिन समितिको बैठक बस्दै

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा गठन भएको संसदीय छानबिन समितिको बैठक शुक्रबार बस्ने भएको छ । सिंहदरबारस्थित अर्थसमितिको सभाकक्षमा बिहान १० बजे बैठक बस्न लागेको हो । 

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा सत्यतथ्य पत्ता लगाउन सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समिति गठन गरेका थिए ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सापकोटाले सो समितिका सदस्य पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई राख्न गरेको प्रस्तावमा सहमति जुटेको थियो । जस अनुसार सो समितिमा अव नेपाली काँग्रेसको तर्फबाट सांसद भुसालको ठाउँमा विश्वकर्मा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस