सुनकाण्डका अभियुक्त छिरिङ वाङ्गेलले गरे अदालतमा आत्मसमर्पण

आइतबार, २० जेठ २०७५, १४ : ३०
सुनकाण्डका अभियुक्त  छिरिङ वाङ्गेलले गरे अदालतमा आत्मसमर्पण

विराटनगर । ३३ किलो सुन तस्करीमा मुछिएका थप एक अभियुक्तले अदालतमा आत्मसमर्पण गरेका छन् ।  डिफ्युजन नोटिस जारी गरेर फरार सूचीमा रहेका गुरुङ आज अदालतमा उपस्थित भएको विशेष अनुसन्धान समितिका एसएसपी वसन्त लामाले पुष्टि गरे । गोरेले बयानमा क्रममा तस्करीमा छिरिङ वाङ्गेल गुरुङको संग्लनता रहेको बताएका थिए ।

अदालतमा उनको बयान सुरु भएको छ  । यसअघि सुनकाण्डमै एसएसपी श्याम खत्रीले पनि अदालतमा आत्मसर्मपण गरेका थिए । विशेष समितिले बयान लिने क्रममा अधिकांशले छिरिङ वाङ्गेलको संलग्नता रहेको बताएका थिए ।

गृहमन्त्रालयलबाट गठित छानबिन समितिको अनुसन्धानका आधारमा जिल्ला अदालत मोरङमा ६३ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।  सो मुद्दा अहिले पनि अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस