काठमाडाैँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला समूहको बैठक सुरू भएको छ। पार्टी कार्यालय सानेपामा पदाधिकारी बैठक बस्ने तयारी भइरहेका बेला कोइराला समूहको छुट्टै बैठक नेता कोइरालाको सचिवालयमा सुरू भएको हो।बैठकमा कोइराला, उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा, सह–महामन्त्रीद्वय बद्री पाण्डे र जिवन परियार लगायत २० जना जति केन्द्रीय समितिका नेताहरु छलफलमा जुटेका छन्।
सोमबार बोलाइएको केन्द्रीय समितिको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा धारणा बनाउन कोइराला समूहले अलग्गै छलफल गरिरहेको हो। नेता गुरू घिमिरेले सोमबार बोलाइएको केन्द्रीय समिति बैठकमा आफ्नो समूहको तर्फबाट उठाउने विषय लगायतमा छलफल गर्न बैठक बसिरहेको जानकारी दिए।
पार्टी सभापति शेरबहादुर देउवाले आह्वान गरेको पदाधिकारी बैठकमा भने कोइराला समूहबाट निर्वाचित भएका पदाधिकारी सहभागि भइसकेका छैनन्। सोमबारदेखि कांग्रेसको केन्द्रीय समिति बैठक पनि बस्दैछ। पार्टी सभापति देउवा विधानअनुसार नचलेको कोइराला पक्षका नेताहरुको आरोप छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ असार २०७९, १४ : ५०
लेखकबाट थप