काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय चुनावमा भएको अन्तर्घात छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । शनिबार बसेको स्थायी समिति बैठकले टंक राईको अध्यक्षतामा सो समिति गठन गरेको हो ।
समितिका अन्य सदस्यहरूमा मुक्ति प्रधान र खिमलाल देवकोटा रहेका छन् । पार्टी प्रवक्ता कृष्ण बहादुर महराले केन्द्रीय समितिको बैठकमा स्थानीय चुनावमा अन्तर्घात भएको कुरा व्यापक रूपमा उठेपछि सो समिति गठन गरेको जानकारी दिएका हुन् ।
त्यस्तै, पार्टीको विद्यार्थी संगठनमा समस्या देखिएकाले त्यसलाई समाधान गर्नका लागि पनि सुझाव समिति गठन गरेको छ । समितिमा पूर्व विद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेका छन् । समितिले सुझाव बुझाएपछि स्थायी समितिले त्यसबारे आवश्यक निर्णय गर्ने प्रवक्ता महराले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ असार २०७९, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् माओवादीका ७७ जिल्ला इन्चार्ज (नामावलीसहित)
फागुन १२ देखि तराई मधेश जागरण अभियान सञ्चालन गर्ने माओवादीको निर्णय
बेनीमा आज माओवादीको सभा, प्रचण्डले सम्बोधन गर्ने
माओवादीको पदाधिकारी बैठक खुमलटारमा बस्दै
माओवादी संसदीय दलको बैठक आज बस्दै
माओवादीले माग्यो सार्वजनिक लेखा समितिका सभापतिको राजीनामा