काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादर महरालाई उपाध्यक्ष बनाएको छ । बिहीबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले पार्टीको उपाध्यक्षमा नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादर महरालाई चयन गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बैठकले १५६ जनाको पोलिटब्यूरो गठन गरेको बताए ।उनले १२५ जना सदस्य र वैकल्पिक ३१ जना सदस्यसहितको पोलिटब्यूरो गठन गरेको र ४१ जनाको स्थायी समिति गठन गरेको जानकारी दिए। उनले अहिले स्थायी कमिटीमा १५ जनाको नाम मात्रै राखिएको पनि स्पष्ट पारे ।
त्यस्तै पार्टीका नेता गिरिराजमणि पोखरेलले पदाधिकारीको सन्दर्भमा पनि बैठकमा छलफल भएको र अबको केही दिनमा नै पदाधिकारीको टुंगो लाग्ने बताए । उनले केन्द्रीय समितिले पूर्णता पाउन ढिला हुँदा पदाधिकारी र कमिटी सदस्यहरू चयन हुन ढिला भएको बताए।
नेता पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल सबै खालका संघर्ष गरेर आएका कारण स्थापित नेतृत्व भएकोले अध्यक्षमा कतिपय कुरा केन्द्रित हुनु स्वभाविक रहेको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असार २०७९, १९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् माओवादीका ७७ जिल्ला इन्चार्ज (नामावलीसहित)
फागुन १२ देखि तराई मधेश जागरण अभियान सञ्चालन गर्ने माओवादीको निर्णय
बेनीमा आज माओवादीको सभा, प्रचण्डले सम्बोधन गर्ने
माओवादीको पदाधिकारी बैठक खुमलटारमा बस्दै
माओवादी संसदीय दलको बैठक आज बस्दै
माओवादीले माग्यो सार्वजनिक लेखा समितिका सभापतिको राजीनामा