काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिए बर्खास्त गर्नुपर्ने बताएका छन ।
बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करका दर चलाएको आरोप लागेका अर्थमन्त्री शर्माले राजीनामा दिन चौतर्फी दबाब बढिरहेका बेला कांग्रेस उपसभापतिले यसबारे छानबिन गर्न समिति नै गठन गर्नुपर्ने बताएका हुन ।
छानबिन समितिलाई सहयोग गर्नका लागि अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने राजीनामा नदिए बर्खास्त गर्नुपर्ने गुरुङको सुझाव छ ।यसैगरी, कांग्रेसकै अर्का उपसभापति पूर्णबहादुर खड्काले पनि संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन। यसअघि कांग्रेस महामन्त्री गगन थापाले अर्थमन्त्रीलाई राजीनामा दिन वा बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ असार २०७९, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस पदाधिकारीले गरेका गल्तीहरू महासमिति बैठकले सच्याउनुपर्छ : उपसभापति गुरूङ