काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको पूर्ण बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन् ।
आइतबार सुरु भएको बैठकमा पेस गरिएको राजनीतिक प्रतिवेदन माथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको आज अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम तय भएको हो।
९ वटा एजेन्डामा छलफल गरिरहेको माओवादी बैठकमा सुरुको दिन प्रदेश र गैर भूगोलबाट रिपोर्टिङ भएको थियो । दोस्रो दिन केन्द्रीय सदस्यहरूले केन्द्रीय नेतृत्व माथि प्रश्न गरेका थिए ।
माओवादीमा पदाधिकारी चयनलगायतको विषयमा बहस चलिरहेको छ। महाधिवेशन सकिएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको भन्दै आलोचना भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ असार २०७९, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीजी रहँदासम्म बापमन्थी एकता हुने स्थिति छैन : प्रचण्ड
दलित समुदायको प्रतिनिधित्व बढाउन विशेषाधिकारको व्यवस्थालाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छ : प्रचण्ड
सरकारलाई ‘प्रचण्ड’ को प्रश्न: सरकार मालिक र नागरिक दास हो ?
प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने
बेनीमा माओवादीको खबरदारी सभा, प्रचण्डले सम्बोधन गर्ने
‘प्रचण्ड’को सचिवालयमा हेरफेर