नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह

किसानलाई मल दिनु मेरो पहिलो प्राथमिकता हो : कृषिमन्त्री यादव

सफल खबर संवाददाता

सोमबार, २० असार २०७९, २१ : ०३
किसानलाई मल दिनु मेरो पहिलो प्राथमिकता हो : कृषिमन्त्री यादव

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।

सोमबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन् । उनले मलको अभाव भएको र किसानले मल नपाएको भन्दै आफ्नो पहिलो प्रयास किसानसमक्ष मल पु¥याउनु भएको बताए ।

उनले बाँकी कामहरु मन्त्रालयको ब्रिफिङ सुनेसँगै तय गर्ने जानकारी दिए । उनले भने, ‘प्राथमिकता त सबभन्दा पहिले मलखादको अभाव छ । कृषकहरुले पाइराखेका छैनन् । त्यसैको लागि सबभन्दा पहिला मलखाद कसरी किसानहरुमा पु¥याउने सबभन्दा पहिला त्यही कुरा हो । विभिन्न कारणले मल ल्याउन सकिएन त्यो त हो तर मेरो प्रयास सकेसम्म सक्दो प्रयास गरेर किसानलाई मल पु¥याउने हुन्छ ।’

मन्त्री यादवले आज नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनियताको शपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस