काठमाडौं । सात वर्षदेखि सत्ताबाहिर रहेर आन्दोलनमा बिताएको संघीय समाजवादी फोरमले शुक्रबार पुनः सत्तारोहण गरेको छ ।
२०६८ मा झलनाथ खनालको सरकारयता बनेका कुनै पनि सरकारमा ऊ सामेल भएन । यसपालि भने अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा केपी ओली सरकारमा आएको छ ।
यादव उपप्रधानसहित स्वास्थ्यमन्त्री र मोहम्मद इस्तियाक राई सहरी विकासमन्त्री बनेका छन् ।
यादव यसअघि दुई पटक परराष्ट्रमन्त्री र राई एक पटक श्रममन्त्री भएका थिए । फोरमको संलग्नतासँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । आजको कान्तिपुरले समाचार छापेको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १९ जेठ २०७५, ०८ : ०२
लेखकबाट थप