काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज (आइतबार) बस्ने भएको छ।
बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको सो बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
प्रचार विभाग प्रमुख गुरुङका अनुसार बैठकले आगामी सङ्घीय निर्वाचनलाई लक्षित गरेर नेताहरूलाई विभिन्न जिम्मेवारी दिने तयारी रहेको छ।
केन्द्रीय कार्यालय सञ्चालन, सचिवालय बैठकका एजेण्डा तयार गर्ने लगायत कामका लागि महासचिव शंकर पोखरेलको नेतृत्वमा तीन उपमहासचिव, सात सचिव र कार्यालय सचिव गरी १२ जनाको केन्द्रीय कार्यालय रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ असार २०७९, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले सचिवालय बैठक मंगलबार
एमाले सचिवालय बैठक मंसिर २५ मा बस्ने
एमाले सचिवालय बैठकको निष्कर्ष : सरकार ठिक ढंगले चलेको छ
एमाले सचिवालय बैठकको निष्कर्ष : सरकार ठिक ढंगले चलेको छ
यस्ता छन् एमाले सचिवालय बैठकका ७ निर्णय
एमालेको सचिवालय बैठक शुरु