काठमाडाैँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बोलाइएको छ। पार्टी कार्यालयमा दिउँसो ३ बजे बस्ने बैठकले भोलि बस्ने सचिवालय बैठकका एजेण्डा तय गर्ने कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए।
एमालेले सचिवालय बैठक भोलि बिहान ११ बजे बोलाएको छ। बैठकमा आगामी संसदीय निर्वाचन, पार्टीको आन्तरिक विषय तथा समसामयीक राजनीतिका विषयमा छलफल हुने बताइएको छ। एमालेको सचिवालय बैठक यसअघि गत जेठ ३० गते बसेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ असार २०७९, १३ : ००
लेखकबाट थप