खोटाङ । भारी वर्षापछि गएको पहिरोले खोटाङमा एक घर बगाउनुका साथै पशुचौपाय पुरेको छ । शुक्रबार रातिको भारी वर्षसँगै करिब पाँच मिटर माथिबाट खसेको पहिरोले रावाबेँसी गाउँपालिका–६ हौंचुरका बलराम खत्रीको घर बगाएको हो । खत्री परिवार इटहरीमा सरिसकेकाले मानयीय क्षति नभएको वडाध्यक्ष चिरञ्जिवी कार्कीले बताए ।
पहिरोले भैरबहादुर राईको गोठ बगाउँदा एउटा भैंसी, एउटा पाडो र एउटा बहर गोरु पुरिएको छ । भैंसीलाई भने पहिरोबाट उद्धार गरेर निकालिएको छ । बहर गोरु हालसम्म फेला नपरेको वडाध्यक्ष कार्कीले बताए ।
सडकबाट खसेको पहिरोका कारण भैरबहादुर राई, उद्योगबहादुर भुजेल, कृष्णबहादुर राई, पत्थरबहादुर राई, धनकुमार राई, बर्णबहादुर राई, हरि राई, पर्शुराम राई र प्रदिप राईको घर जोखिममा परेको छ । पहिलोभन्दा माथि रहेका चित्रबहादुर कार्की र शुक्रराज राईको घर पनि जोखिममा परेको कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ असार २०७९, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा खोटाङको अध्यक्षमा निर्मल राई
खोटाङको खाल्लेमा बस पुगेपछि गाउँले खुसी