जसपा खोटाङको अध्यक्षमा निर्मल राई

रासस

आइतबार, १३ जेठ २०८१, ११ : ५६
जसपा खोटाङको अध्यक्षमा निर्मल राई

खोटाङ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) खोटाङको अध्यक्षमा निर्मल राई चयन चयन भएका छन्। शनिबार जिल्ला समन्वय समितिको हलमा भएको जिल्ला भेलाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका राईलाई सर्वसहमत अध्यक्षमा चयन गरेको हो। राई २०७४ सालको स्थानीय निर्वाचनमा तत्कालीन जसपा नेपालबाट लफयाङको वडाध्यक्ष भएका थिए।

राईको अध्यक्षतामा १११ सदस्यीय जसपा जिल्ला कमिटी गठन गरिएको छ। जिल्ला कमिटीको उपाध्यक्षमा गुरुराज राई, नैनकला राई, सचिवमा वीरेन्द्र कुमार दर्नाल, सह सचिवमा टिकाराम राई, शान्तिकला राई, प्रितिराज राई र कोषाध्यक्षमा गन्धमान राई चयन भएका छन्।

 

प्रतिक्रिया दिनुहोस