जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले बोलाएको केन्द्रीय कार्यकारिणी समिति बैठकमा संघीय परिषद अध्यक्ष बाबुराम पक्षधर भने अनभिज्ञ रहेका छन्।आगमी २७-२८ असारमा बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा हामीलाई खबर नगरिएकाे छ ।
‘केन्द्रिय कार्यकारिणी समितिको बैठक बोलाइयो भन्ने सुनेको छु तर अहिलेसम्म खबर आएको छैन। संसदीय दलको बैठक बोलाउँदा होस् वा पार्टीको छलफल चलाउँदा होस् कसैलाई बोलाउने कसैलाई नबोलाउने गर्दै आउनु भएकाे थियाे ।
इमेल, मोवाइल म्यासेजमार्फत् बैठकको जानकारी गराउँदै आउने चलन भए पनि अहिलेसम्म भट्टराई पक्षधरका नेताहरूले बैठकका बारेमा सूचना नपाएपछि यादव पक्षधर नेताहरूसँग चासो व्यक्त गरिरहेका छन्।
‘मलाई चाहिँ बैठकमा उपस्थित हुनका लागि इमेल आएको थियो तर केही साथीहरूले कुनै खबर पाइएन भनिरहनु भएको छ। सायद बैठक आउन अझै केही दिन बाँकी रहेकाले पनि खबर आउन ढिलाइ भएको होला ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ असार २०७९, १० : ४७
लेखकबाट थप