काठमाडौं । लामो समय शान्त बसेका नेता वामदेव गौतम पुनः सक्रिय भएका छन्। गौतम बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका छन्। ओली र गौतमबीच लामो संवाद भएको छ। गौतम नेपालका कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्ने अभियानमा जुटेका छन्।
उनले नयाँ दल घोषणा गर्दै ३ महिनासम्म एकीकृत गर्ने अभियानमा जुट्ने र सम्भव नभए पार्टी दर्ताको अभियानमा अघि बढ्ने बताउँदै आएका छन्। उनले नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) घोषणा गरिसकेका छन्। यही सिलसिलामा पहिलोपटक अभियानका संयोजक गौतमले अध्यक्ष ओलीलाई भेटेका छन्। उनले विभाजित भएका कम्युनिस्ट पार्टीहरू मिलेर अघि बढ्न ओलीलाई आग्रह गरेका छन्। ‘आफू–आफू चुनाव लड्ने हो भने कम्युनिस्टहरूको हार निश्चित छ।
त्यसैले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मिलेर चुनाव लडौं,’ भेटमा ओलीसँग गौतमले प्रस्ताव राखेका थिए। गौतमले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेत निर्वाचनमा वाम गठबन्धन गरेर जान तयार रहेको अध्यक्ष ओलीलाई सुनाएका थिए।
गौतमले आफू तत्कालीन नेकपालाई एकजुट बनाउने अभियानमा लागिपर्ने धारणा राखे। नेकपा विभाजनपछि गौतम गुमनाम जस्तै भएका थिए। एमाले र नेकपाको विगतको राजनीति हेर्दा उनले जसलाई साथ दिए उसै पल्ला भारी भएको इतिहास छ। नेकपाको ९ सदस्यीय सचिवालयमा केपी शर्मा ओली, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णु पौडेल एकतिर हुन्थे भने अर्कोतिर पुष्पकमल दाहाल माधवकुमार नेपाल, झलनाथ खनाल, नारायण काजी श्रेष्ठ अर्को समूहका थिए।
वामदेवले दाहाल, माधव समूहमा लाग्दा नै ओली अल्पमत परेका थिए। एमाले कालमा नवौं महाधिवेशनमा ओली पक्षमा वामदेव लागेकै कारण ओली अध्यक्ष निर्वाचित भएका थिए। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १७ असार २०७९, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली राजदूत ओलीले बुझाए चिनियाँ राष्ट्रपति सीसमक्ष ओहदाको प्रमाण पत्र
ओलीलाई बीआरआई परियोजना स्वीकार्न माधव नेपालको सुझाव
प्रधानमन्त्री ओलीले गरे पाँचतारे होटल लेमन ट्रिको उद्घाटन
यस्ता छन् ओली सरकारले एक महिनामा गरेको मुख्य काम र विवाद
दलित समुदायविहीन बन्यो ओली नेतृत्वको मन्त्रिपरिषद्
यी हुन् ओली मन्त्रिपरिषद्का मन्त्रीहरू (सूचीसहित)