नागरिकतासम्बन्धी विधेयक छिट्टै पारित हुन्छ : मन्त्री कोइराला

सफल खबर संवाददाता

विहीबार, १६ असार २०७९, १३ : ५५
नागरिकतासम्बन्धी विधेयक छिट्टै पारित हुन्छ : मन्त्री कोइराला

काठमाडौं । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नागरिकतासम्बन्धी विधेयक छिट्टै पारित हुने बताएका छन् । ६४ औं संसद दिवसका अवसरमा बिहीबार पूर्व सांसद मञ्च नेपालले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले ०७५ सालदेखिका ५३ वटा विधेयक अगाडि बढ्न बाँकी रहेको बताए ।  यस्तै ८ अध्यादेशहरू हाल प्रतिस्थापन विधेयकको रूपमा अघि बढेको बताए । 

मन्त्री कोइरालाले संसदलाई क्रियाशील बनाउन केही सांसदको भूमिका देखिएको बताए । प्रेम सुवाल, सुवास नेम्वाङको भूमिका संसदलाई क्रियाशील बनाउन प्रभावकारी रहेको उनको भनाई थियो । उनले पूर्व सांसद मञ्चले संसदीय क्रियाकलापको समीक्षा गर्ने र संसदको वाचडगको भूमिकामा रहनुपर्ने बताए । 


संसदको अभ्यास पश्चिमा देशबाट सुरू नभई पूर्वीय सभ्यताबाट सुरू भएको उल्लेख गरे । उनले बुद्धको पालामा नेपालमा संघको व्यवस्था गरिएको र  हिन्दु धर्ममा पनि सभाको व्यवस्था रहेको बताए ।  महाभारतमा द्रौपदीको चिरहरण सभामा भएको बताए । उनले आफु गैरसांसद मन्त्री भएकोमा न दुःखी छु न खुसी रहेको पनि उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस