सोल । दक्षिण कोरियामा एक जना शिक्षिकाले आठ वर्षीया बालिकाको चक्कु हानेर हत्या गरेकी छन् । यो घटना दाएजेओनको एउटा प्राथमिक विद्यालयमा भएको हो ।
आफूले छात्रामाथि चक्कु प्रहार गरेको ४० वर्षीया संदिग्धले स्वीकार गरेको प्रहरीले बताएको छ । स्थानीय समयअनुसार सोमबार साँझ ६ बजेतिर बालिका विद्यालयको भवनको दोस्रो तलामा घाइते अवस्थामा भेटिएकी थिइन् ।
अस्पताल पुर्याउँदासम्म उनको मृत्यु भइसकेको थियो । शिक्षिका पनि छात्राको पासमै थिइन् । दक्षिण कोरियाका कार्यकारी राष्ट्रपति चोइ साङ–मोकले यस घटनामाथि छानबिन गर्न निर्देशन दिएका छन् ।
भविष्यमा यस्ता घटनाहरू हुन नदिन आवश्यक उपायहरू लागू गर्न उनले अधिकारीहरूलाई आदेश दिएका छन् । यो घटनापछि मंगलबार विद्यालय बन्द भएको थियो ।
शिक्षिकाले डिसेम्बर ९ मा नै डिप्रेसनको कारण देखाउँदै ६ महिनाको बिदा मागेकी थिइन् । तर डाक्टरले काम गर्न फिट छिन् भनेर भनेपछि २० दिन बिदा बसेपछि उनी विद्यालय फर्किएको दाएजेओन शिक्षा कार्यालयले भनेको छ ।
मृतक विद्यार्थीसँग शिक्षिकाको कुनै सम्बन्ध नभएको अधिकारीहरूले बताएका छन् । चक्कु प्रहारको घटनाभन्दा केही दिन अगाडि नै शिक्षिकाले हिंस्रक व्यवहार देखाइरहेकी बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ माघ २०८१, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
बैतडीमा गोली हानी युवकको हत्या
अछाममा दुई किशोरीको हत्या आशङ्कामा दुईजना पक्राउ, अनुसन्धान जारी
धनुषामा श्रीमानले गरे श्रीमतीको हत्या
कैलालीमा भाइले गरे दाइको हत्या