काठमाडौं । नेपाल वायुसेवा निगमले जापान तथा दक्षिण कोरियाको उडान अनुुमति तत्काल पाउने नदेखिएपछि नयाँ वाइडबडी जहाजबाट दुबई उडान गर्ने भएको छ ।
निगमले पहिलो उडान नै दुबईबाट गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्लट मागेको छ । आजको कारोबारले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।
निगमले खरिद गर्न लागेको दुई थान एयरबस ३३०-२०० सिरिजको वाइडबडी जहाज केही समयभित्रै नेपाल आउँदैछ ।
समाचारमा लेखिएको छ, निगमको पहिलो वाइडबडी जहाज असार १४ गते त्रिभुवन विमानस्थल अवतरण हुने छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १८ जेठ २०७५, ०७ : २४
लेखकबाट थप