नेताहरु घमण्डी भएकाले देश अघि बढ्न नसकेको

सफल खबर संवाददाता

सोमबार, १३ असार २०७९, १४ : ५५
नेताहरु घमण्डी भएकाले देश अघि बढ्न नसकेको

काठमाडौँ  । नवनियुक्त शहरी विकास मन्त्री मेटमणि चौधरीले नेताहरु घमण्डी भएकाले देश अघि बढ्न नसकेको बताएका छन्।

सोमबार पद तथा गोपनीयताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्।उनले मुलुक चलाउने मान्छे घमण्डी हुन्जेल देश अघि बढ्न नसक्ने जिकिर गरे। मन्त्री चौधरीले सबैले आफ्नो ठाउँबाट सकेजति देश विकास गर्न सहयोग गर्नुपर्ने बताए।

उनले नेताहरुले नीति बनाउँदा आफू सुरक्षित हुने किसिमबाट नीति निर्माण गरेको भन्दै इमान्दारिताको खाडल भर्न अब लाग्ने बेला भएको बताए।

प्रतिक्रिया दिनुहोस