काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठकमा सचिव रामकुमारी झाँक्री पुगेकी छिन्। आइतबार मात्रै सरकारबाट बाहिरिएकी झाँक्री पार्टी बैठकमा पुगेकी हुन्।
उनी पार्टीले सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने निर्णयप्रति असन्तुष्ट थिइन्। आइतबार मन्त्रालयबाट बाहिरिने क्रममा आयोजित पत्रकार सम्मेलनमा रोएकी थिइन्। त्यसको चौतर्फि टिका टिप्पणी भइरहेको छ।
सरकारबाट पार्टीले फिर्ता बोलाएका विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठ भने बैठकमा गएका छैनन्। उनीहरू पार्टीले सरकारबाट बाेलाएकाे भन्दै रुष्ट छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असार २०७९, १४ : ०५
लेखकबाट थप