आईजीपी नियुक्ति विवाद

इजलासमा महान्यायाधिवक्ताले भने–सरकारको विशेषाधिकारलाई कटौती नगरियोस्

सफल खबर संवाददाता

सोमबार, १३ असार २०७९, १३ : ३१
इजलासमा महान्यायाधिवक्ताले भने–सरकारको विशेषाधिकारलाई कटौती नगरियोस्

काठमाडौं । महान्यायाधिवक्ता खम्म बहादुर खातीले सरकारले विशेषाधिकार प्रयोग गरेर आईजीपी नियुक्ति गरेको बताएका छन् । उनले सबै एआईजीहरु आईजीपी बन्न योग्य भएपनि सरकारले प्रहरी नियमावलीमा भएको ६ आधार र विशेषाधिकार प्रयोग गरेर धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेको बताए । 

‘प्रहरी संगठनलाई नेतृत्व प्रदान गर्न सक्ने र आफूभन्दा मुनिकालाई प्रोत्त्साहन गर्न सक्नेसहित प्रहरी नियमावलीको नियम ४१ अनुसार ६ आधार भएकालाई सरकारले आईजीपी बनाउने हो’, आईजीपी नियुक्तिविरुद्ध विश्वराज पोखरेलले दायर गरेको रिटमाथिको सुनुवाइमा उनले इजलासमा भने, ‘आईजीपी नियुक्ति सरकारको विशेषाधिकार हो । नियमसंगत नै बढुवा गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस