काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य अचाक्ली वृद्धि भएको भन्दै चर्को विरोधपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य र सार्वजनिक यातायातको भाडा घटाएको छ । सरकारले लामो दूरीको सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो । जसअनुसार कतिपय ठाउँमा डेढ सय बढीसम्म भाडा घटेको छ ।
सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो । शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा पनि घटाएको हो ।
यात्रुवाहक सवारीको भाडा ५.४१ प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ । नयाँ भाडाअनुसार काठमाडौंदेखि बाजुराको मार्तडीसम्म पुग्न ९ सय ४४ किमी बाटोमा ३ हजार १ सय ७५ लाग्ने गरेकोमा अब ३ हजार ३ सय कायम गरिएको छ ।
जसमा १ सय १ सय ७२ रुपैयाँ सस्तो भएको छ । काकडभिट्टा–नारायणगढको भाडा यसअघि १३ सय ३६ रहेकोमा अब १२ सय ६४ रुपैयाँ कायम गरिएको छ । काठमाडौं– अत्तरिया–सिलगढीको भाडा २५ सय ८४ रहेकोमा अब २४ सय ४५ कायम गरिएको छ । काठमाडौंदेखि इलामको भाडा २ हजार ७९ रहेकोमा अब १९ सय ६७ कायम गरिएको छ । यसैगरी, काठमाडौं झापाको भाडा १८ सय ४ रहेकोमा अब १७ सय ६ रुपैयाँ कामय गरिएको छ ।
काठमाडौंदेखि धनगढी सीतागढी साँफेबगरसम्मको ८ सय ९९ किमीको भाडा २८ सय ८९ रहेकोमा अब २७ सय ३३ रुपैयाँ तोकिएको छ । काठमाडौं धरानको भाडा यसअघि १६ सय ५ रुपैयाँ रहेकोमा अब १५ सय १८ कायम गरिएको छ । सरकारले शनिबार पेट्रोलको मूल्यमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको थियो । यातायात व्यवस्था विभागले स्वचालित प्रणालीअनुसार भाडा समायोजन गरिएको जनाएको छ । इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा समायोजन हुने गर्छ ।
पटकपटक वृद्धिपछि घट्दा केही राहत
विगत एक वर्षको तुलनामा सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडा भने ५० प्रतिशतभन्दा बढीले वृद्धि भइसकेको छ । सरकारले गत वर्षको असार, चैत र जेठ महिनामा दुईपटक गरेर चारपटक भाडा वृद्धि गर्दै सार्वजनिक तथा मालवाहक सवारी साधनमा ५० प्रतिशत बढी मूल्य वृद्धि गरेको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असार २०७९, ०८ : २९
लेखकबाट थप