काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र बिक्री गर्न एसईई परीक्षा नियन्त्रण कार्यालयले बोलपत्र आह्वान गरेको छ । कोभिड–१९ का कारण २०७७ सालमा एसईई सञ्चालन हुन नसक्दा प्रश्नपत्र पनिकामा नै राखिएको थियो ।
झुरा कागजमा राजश्व उठ्ने गरी बेच्नको लागि बोलपत्र आह्वान गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले भने ‘हामीले झुरा कागजमा राजश्व उठ्ने गरी टेन्डरमा दिन्छौं । जलाउनु भन्दा रिसाइक्लिङ गर्नु राम्रो हो, केही आम्दानी पनि हुन्छ ।’
नियन्त्रक रायमाझीको अनुसार करिब २० करोडलागतमा छापिएको प्रश्नपत्र करिब तीन ट्रक छ । यी प्रश्नपत्र बोरामा हालेर परिसरमा राखिएको छ । यसअघि २०७६ सालको प्रश्नपत्र प्रहरीको रोहबरमा जलाइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असार २०७९, १६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिवि सुधारको माग राख्दै स्ववियुको आन्दोलन