एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मालाई कोरोना संक्रमण भएको छ । बीसीसीआईले ट्वीट मार्फत् यो जानकारी दिएको हो । इंग्ल्याण्डसँगको टेस्ट खेलका लागि भारतीय टोली अहिले लण्डनमा छ ।
बीसीसीआईले ट्वीट गर्दै भनेको छ, ‘टीम इण्डियाका कप्तान रोहित शर्मा शनिबार गरिएको र्यापिड एन्टिजेन टेस्ट (आरएटी)मा कोरोना संक्रमित भेटिएका छन्। उनी अहिले टोलीको होटलमा आइसोलेसनमा छन् र बीसीसीआईको मेडिकल टोलीले उनको हेरचाह गरिरहेको छ।’
भारत र इंग्ल्याण्डबीचको टेस्ट खेल जुलाई १ देखि सुरु हुँदैछ । यो खेल गत वर्ष भएको टेस्ट सिरिजको एक हिस्सा हो।
गत वर्ष भारतीय टोली पाँच टेस्टको सिरिज खेल्न इङ्ल्यान्ड गएको थियो तर चार खेलपछि भारतका केही खेलाडीमा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि पाँचौं टेस्ट हुन सकेन ।
अब यो टेस्ट म्याच फेरि दोहोरिएको छ। पाँच टेस्टको शृङ्खलामा भारतीय टोली अहिले २–१ ले अगाडि छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असार २०७९, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोहितले भने- मैले सन्यास लिएको छैन
टी-२० विश्वकपमा भारतको कप्तान रोहित शर्मा