काठमाडौं । भारतीय टेस्ट टोलीका कप्तान रोहित शर्माले सन्यास नलिएको बताएका छन् । अष्ट्रेलियाविरुद्धको पाँचौं तथा अन्तिम टेस्टमा प्लेइङ ११ नपरेपछि धेरैले रोहितले सन्यास लिने अनुमान लगाएका थिए ।
तर, रोहितले आफू फर्म नहुँदा टोली बाहिर रहेको बताएका छन् । ‘मैले सन्यास लिएको छैन,’उनले भने, ‘मूलतः मैले प्रशिक्षक र चयनकर्तासँग गरेको कुराकानी एकदमै सरल थियो। म रन बनाउन सक्षम छैन, त्यहाँ कुनै फर्म छैन, यो एक महत्त्वपूर्ण खेल हो र हामीलाई फारम भएको खेलाडी चाहिन्छ ।’
५ खेलको श्रृंखलामा भारत २-१ ले पछाडि छ । बोर्डर गवास्कर ट्रफी नगुमाउनका लागि अन्तिम टेस्ट जित्नैपर्ने दबाबमा छ । ‘जस्तो छ, हाम्रो ब्याटिङमा केटाको फर्म त्यति राम्रो छैन। त्यसैले तपाईं टोलीमा धेरै आउट अफ फर्म खेलाडीहरू बोक्न सक्नुहुन्न। यो साधारण कुरा मेरो दिमागमा चलिरहेको थियो। म कतै जाँदिन,’उनले थपे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० पुस २०८१, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी-२० विश्वकपमा भारतको कप्तान रोहित शर्मा