लोसपा–जसपा एकताका लागि पहल

पत्रपत्रिकाबाट

शनिबार, ११ असार २०७९, ०८ : ०३
लोसपा–जसपा एकताका लागि पहल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्षले पार्टी एकीकरण गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग प्रस्ताव गरेका छन्।

एकीकरणका लागि जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईले लोसपाका शीर्ष नेताहरूसँग भेटघाट गरेका हुन्। कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै वार्ताका लागि लोसपाका नेताहरूलाई आह्वान गरिसकेका छन्। यादवनिकट दोस्रो तहका नेताहरूले पनि लोसपाका नेताहरूसँग छुट्टै कुराकानी गरेका छन्।  

केही दिनअघि भट्टराईले लोसपाका शीर्ष नेता राजेन्द्र महतोसँग कुराकानी गरेका थिए। उक्त कुराकानीमा पार्टी एकीकरण गर्न भट्टराईले प्रस्ताव गरेका थिए। भट्टराई र उनी पक्षीय नेता राजकिशोर यादवले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग भेट गर्न समय मागेको ठाकुरका सहयोगी सतेन्द्र मिश्रले बताए। मिश्रका अनुसार आजभोलि नै भेटघाट हुने सम्भावना छ।

लोसपाका नेताहरू यादव पक्षसँग भन्दा भट्टराई पक्षसँग पार्टी एकीकरण गर्न इच्छुक देखिएका छन्। ‘उपेन्द्रजी जब आफू अप्ठयारोमा पर्नुहुन्छ, पार्टी एकीकरण गर्न हामीसँग प्रस्ताव गर्नुहुन्छ। तर एकीकरण गरेपछि बिर्सनुहुन्छ,’ राजेन्द्र महतोले भने, ‘त्यसैले उहाँ ९यादव० लाई विश्वास गर्न सकिन्न।’ उनले भट्टराईसँग भेट भएको पनि स्वीकार गरे।  

स्रोतका अनुसार भट्टराई पक्षसँग एकीकरण गर्न लोसपाका नेताहरूले चाहेका छन् तर यसमा लोसपाको एउटा सर्त छ। ‘पहिले उहाँ ९भट्टराई० ले आफ्नो पोजिसन प्रस्ट पार्नुहोस्। त्यसपछि उहाँसँग एकीकरणका लागि प्रक्रिया अघि बढ्न सक्छ,’ लोसपाका एक नेताले भने, ‘हामीले भन्न खोजेको के हो भने पहिले जसपा फुटोस् अनि एकीकरणका लागि प्रक्रिया अघि बढ्छ।’ अहिलेकै स्थितिमा कसैसँग एकीकरण हुन नसक्ने ती नेताको भनाइ छ। ‘अहिले उहाँ (भट्टराई) सँग कसरी एकीकरण गर्न सम्भव छरु जबकि, जसपाको कार्यकारिणी अध्यक्ष उपेन्द्रजी हुनुहुन्छ।’

लोसपा स्रोतका अनुसार केही दिनअघि यादवसँग निकट मानिएका नेता तथा वन तथा वातावरणमन्त्री रामसहाय यादवले लोसपाका नेता लक्ष्मणलाल कर्णसँग भेट गरेका थिए। उक्त भेटमा पनि पार्टी एकीकरणको विषयमा कुराकानी भएको स्रोतको भनाइ छ।

लोसपा र जसपाका दोस्रो तहका नेताहरूबीच कुराकानी भएको लोसपाका कार्यकारिणी समितिका सदस्य डा। सुरेन्द्र यादवले बताए। पार्टी एकीकरणका लागि अनौपचारिक किसिमबाट कुराकानी भएको तर औपचारिक रूपमा यसबारेमा छलफल र बैठक नभएको उनको भनाइ छ।  नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस