दुर्घटनामा घाइते गायक शिव परियार डिस्चार्ज

बुधबार, १६ जेठ २०७५, १९ : १४
दुर्घटनामा घाइते गायक  शिव परियार डिस्चार्ज

काठमाडौं । मोटरसाइकल दुघर्टनामा  घाइते भएका गायक शिब परियार उपचारपछि डिस्चार्ज भएका छन् । राजधानीको ग्राण्डी अस्पतालमा उपचाररत उनी बुधबार डिस्चार्ज भएका हुन् ।

उनको उपचारमा अस्पतालका बरिष्ठ अर्थोपेडिक तथा स्पाइन सर्जन डा बिनोद बिजुक्छेको टिम संलग्न रहेको थियो । परियारको गोडामा चोट लागेको र सो चोटलाइ उपचारको भाषामा सफ्ट टिस्यु इन्जुरी अर्थात मासुमा र तन्तुहरुमा चोट लागेको हो । उनको गोडामा थोरै रगत जमेको र सो रगत सानो प्रोसपजर गरेर निकालिसकेको र अब मासु र तन्तुमा लागेको चोट निको हुन तीन हप्ताजति समय लाग्ने डा बिनोद बिजुक्छेले जानकारी दिए ।

राजधानीको बसुन्धारामा गत आइतबार बिहान परियारले चलाएको बा ८० प ९९९८ नम्बर मोटरसाइकललाई पछाडिबाट आएको बा ७८ प ८५११ नम्बरको मोटरसाइकले ठक्कर दिएपछि दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस