काठमाडौं । सत्ता गठबन्धनको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा मन्त्रिमण्डल हेरफेरका सम्बन्धमा छलफल हुने जनाइएको छ ।
बैठकमा नेपली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका शिर्ष नेताहरुलाई सहभागी हुन भनिएको छ । यसअघि नेकपा एकीकृत समाजवादीले हाल सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । तर प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल मन्त्रिमण्डल हेरफेर नगर्ने प्रतिकृया दिएका थिए । त्यसपछि नेकपा एकीकृत समाजवादी पनि आफ्नो निर्णयबाट पछि हटेको थियो ।
हाल संसदबाट बजेट पनि पारित भइसकेको छ । यो सँगै प्रधानमन्त्री देउवा मन्त्रिमण्डल हेरफेका लागि तयार भएका हुन् । आजको बैठकपछि सत्तासीन सबै दलहरुले नयाँ मन्त्री पठाउने तयारी तयारी गरिरहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ असार २०७९, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशीका मुख्य न्यायाधिवक्तालाई कारवाही गर्ने एमाले-माओवादीको चेतावनी
बझाङमा गठबन्धनका ४ दलले लिएनन् उम्मेदवारी फिर्ता
राप्रपाले प्रदेशमा सत्ता गठबन्धनलाई सहयोग नगर्ने
माधव नेपालले अडान नछाड्दा बालुवाटार बैठक अनिर्णीत
बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी
सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै