काठमाडौँ । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु १३ लाख जरिवना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनको विसं २०७७ पुस ७ गतेको फैसलाअनुसार छ दिन कैद सजाय रु रु १३ लाख जरिवना ठहर भएका चितवन खैरहनी नगरपालिका–४ का ३५ वर्षीय धनबहादुर तामाङलाई सोमबार पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले बैकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उच्च अदालतले कैद र जरिवाना ठहर भएका तामाङलाई चितवनबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ तामाङले आफ्नो कुमारी बैंक लिमिटेड सौराहा शाखाको खातामा पर्याप्त मौज्दात रकम नहुँदा नहुँदै पीडितलाई चेक दिएर बैंकिङजन्य अपराध गरेको प्रहरीले जनाएको छ । तामाङलाई फैसला कार्यान्वयनका लागि सोमबार नै जिल्ला अदालत चितवन पेश गरिएको प्रवक्ता महतोले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०७ असार २०७९, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानन्यायाधीश राउतद्वारा उपभोक्ता अदालतको उद्घाटन
गणेश थापाद्वारा एन्फा महासचिव राईविरुद्ध मुद्दा दायर
रवि लामिछानेको सांसद पद निलम्बनविरुद्ध अदालत जाँदै रास्वपा
रविविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ताको तयारी
म्याद थपका लागि रविलाई अदालतमा उपस्थित गराउँदै प्रहरी
रवि लामिछानेलाई अदालत उपस्थित गराइयो