हुम्लामा देखियो ठेउला

सफल खबर संवाददाता

सोमबार, ०६ असार २०७९, १२ : २३
हुम्लामा देखियो ठेउला

सुर्खेत। गर्मी मौसममा देखापर्ने ठेउला रोग हुम्लामा देखापरेको छ । उत्तरी नाम्खा गाउँपालिका –४ स्थित याल्वाङ गाउँको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीको छात्राबासमा बस्ने विद्यार्थीहरूमा यस्तो समस्य देखिएको हो ।

 ५७ जना विद्यार्थीहरूमा ठेउला जस्तो लक्षण देखिने रोग देखिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए । जाँच र परीक्षणका लागि नमुना संकलन कार्य भइसकेको उनले बताए । पालिकाको स्वास्थ्य टिम र जिल्लाबाट गएको टिमले संयुक्त रुपमा उपचारका लागि खटिएको उनले जानकारी दिए । संकलन गरिएको नमुना सुर्खेत आज पुगिसक्ने सिंहको भनाइ छ । 

कस्तो प्रकारको ठेउला हो भन्ने कुरा नमुना जाँच पछि मात्र भन्न सकिने उनले बताए ।  सदरमुकाम सिमकोटबाट दुई दिन हिँडेर मात्र रोग प्रभावित गाउँमा पुग्न सकिन्छ ।  पाक्ने ,चिलाउने , फोका उठेको ठाउँमा खाल्डो पर्ने भएकाले ठेउला नै हो भन्ने एकीन नभएको नाक्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए । सरसफाइको कमिदेखि धेरै विद्यार्थी भएकाले यहाँ बढी समस्य आएको आफूले पाएको उनले बताए । बाँकी कुरा त नमुनाको जाँच पछि आउने रिर्पोटले बताउने उनले बताए । 

प्रतिक्रिया दिनुहोस