प्रतिनिधीसभाको बैठक बस्दै, यि हुन सम्भावित कार्यसूची

सफल खबर संवाददाता

सोमबार, ०६ असार २०७९, ०८ : ४७
प्रतिनिधीसभाको बैठक बस्दै, यि हुन सम्भावित कार्यसूची

काठमाडौँ । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे नयाँवानेश्वरस्थित संसद भवनमा बस्न लागेको हो। आजको बैठकमा विभिन्न विधेयक दफाबार छलफलका लागि पेस गरिनेछ ।

गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधयेका २०७९ दफावार छलफलका लागि पेस गर्ने संसद सचिवालयको सम्भावित कार्यसूची छ ।

आर्थिक विधेयक २०७९ माथि छलफल गरी प्राप्त संशोधनलाई निर्णायार्थ प्रस्तुत गरिने पनि संसद् सचिवालयले जानकारी दिएको छ । शर्माले ‘राष्ट्र ऋण उठाउने विधेयक २०७९’ लाई दफावार छलफल गरी पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस