नुवाकोट । माइतीसंग मिलेर आफ्नै पतिको हत्या गरेको अभियोगमा नुवाकोटमा प्रहरीले मृतकका ससुरा, श्रीमतीसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले कारवाहीका लागि अदालतमा मुद्धा दायर गरेको छ।
बेलकोटगढी नगरपालिका ८ काशीटारबाट हत्या अभियोगमा एक महिलासहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ। बेलकोटगढी नगरपालिका ८ काशिटारस्थित चन्द्रबहादुर तामाङको घरमा ककनी गाउँपालिका ८ घर भएका ५६ वर्षिय एकबहादुर तामाङ मृत अवस्थामा फेला परेपछि प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानका साथ मृतकका ससुरा, श्रीमतीसहित चारजनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए।
उनका अनुसार ससुराली आएका एकबहादुरलाई बुधबार राति १२ बजे उनकी श्रीमती ३५ वर्षिया ज्ञानमाया तामाङ, ससुरा ६७ वर्षिय चन्द्रबहादुर भनिने बीरबहादुर तामाङ, बिदुर नगरपालिका १२ का ३४ वर्षिय दुखिराम तामाङ र १४ वर्षिय एक बालकसहित मिलेर प्लाष्टिकको डोरीले हातखुट्टा बाँधी चिर्पटले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। प्रहरी टोली घटनास्थल पुग्दा मृतक एकबहादुर डोरीले बाँधिएकै अवस्थामा थिए। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०६ असार २०७९, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रड प्रहार गरी छिमेकीको हत्या गर्ने एक युवक पक्राउ
बन्चरो प्रहार गरेर आफ्नै श्रीमतीको हत्या
धारिलो हतियार प्रहारबाट एक जनाको हत्या
जग्गा विवाद : चक्कुले हानेर भाइको हत्या
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या