काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथरले मूल्य वृद्धि, महंगी, भ्रष्टचार र सामाजिक हिंसा विरुद्धमा सरकार समक्ष २२ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
प्रमुख जिल्ला अधिकारमार्फत प्रधानमन्त्रीलाई बुझाइएको २२ बुँदे ज्ञापनपत्रमा प्रादेशिक तहको खोरजी माग गर्नुका साथै अभिभावकीय संस्थाको रुपमा राजा र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न माग गरिएको छ ।
संसदको निर्वाचन पूर्ण समानुपातिक रुपमा गराउन, धर्म निरपेक्षता खारेज गरी नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र घोषणा गर्न पनि माग गरिएको छ ।
राप्रपा पाँचथरको तर्फबाट जिल्ला आन्दोलन परिचालन समितिका संयोजक राजकुमार जोशीले प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई ज्ञापनपत्र बुझाएका थिए ।
राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीको नेतृत्वमा राप्रपा पाँचथरले नारा जुलुसहित फिदिम बजार परिक्रमा गरेको थियो । पूर्व केन्द्रीय सदस्य मानदेव केरुङ, जिल्ला नेताहरु कमल चेम्जोङ, झलक थापा, कमल कुमार राई, जगतजंग लावती, वडा अध्यक्षद्वय होमराज थाम्सुहाङ र उपेन्द्र लावतीलगायत नेता, कार्यकर्ताहरु जुलुसमा सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असार २०७९, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लिङ्देनले लिखित राजनीतिक कार्यपत्र पेश नगरेकोमा राप्रपा बैठकमा आलोचना
राप्रपाको केन्द्रीय समिति बैठक आज पनि जारी
राप्रपाको केन्द्रीय समिति बैठक आजबाट
राप्रपाको कार्यसम्पादन समितिको बैठक बस्दै, केन्द्रीय समिति बैठक भोलिदेखि
राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
पृथ्वी जयन्तीको अवसरमा राप्रपाको चियापान समारोह (तस्बिरमा )