बेमौसमी वर्षा पीडित किसानले सरकारी राहत नपाउनुमा गृह मन्त्रालय दोषी : कृषिमन्त्री यादव

सफल खबर संवाददाता

मंगलबार, ३१ जेठ २०७९, १२ : ५१
बेमौसमी वर्षा पीडित किसानले सरकारी राहत नपाउनुमा  गृह मन्त्रालय दोषी : कृषिमन्त्री यादव

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले बेमौसमी वर्षका कारण पीडित किसानले सरकारी राहत नपाउनुमा दोषी आफू नभएको दाबी गरेका छन् ।कृषि मन्त्रालयको बजेट र यसबारे सांसदहरुले गरेको प्रश्नको जवाफ दिंदै मन्त्री यादवले यस्तो दाबी गरेका हुन् ।

‘हामीले पीडित किसानको लागत संकलन गरेर गृह मन्त्रालय पठाएका हौं,’ मन्त्री यादवले भने, ‘वितरण हामीले गरेन भनेर आलोचना भएका छन्, तर दिने काम गृहको हो ।’मन्त्री यादवले किसान अनुदान र उखु किसानका भुक्तानी पनि पारदर्शी बनाएको दाबी गरे ।

 

प्रतिक्रिया दिनुहोस