काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीले चाहेअनुसार सरकार नचल्ने बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको काठमाडौं शुरू भएको राष्ट्रिय सम्मेलनको उद्घाटनमा कांग्रेसको एकलौटी सरकार नभएकाले चाहेअनुसार धेरै काम गर्ने स्थिति नरहेको बताए ।
उनले पार्टी सम्बद्ध संघसंस्थाका प्रतिनिधिलाई सरकारसँग धेरै माग नगर्न आग्रह पनि गरेका छन् । नेपाली कांग्रेसको एकलौटी सरकार नभई गठबन्धनको भएका कारण सबैको माग सम्बोधन गर्न नसकिने उनको भनाइ थियो ।
उनले भने– ‘यो सरकार कांग्रेसको एकलौटी सरकार होइन, त्यसैले सरकारसँग धेरै माग नराख्नुहोस् । बजेटमा धेरै विषय समेटिएको छ, नसमेटिएका विषयलाई विस्तारै पूरा गर्दै जान्छौँ । सबै कुरा एकैचोटि पूरा हुँदैन ।’
प्रधानमन्त्री देउवाले श्रमिकहरूको हक, अधिकार र आवश्यक सुविधा पूरा गराउने मामिलामा भने सरकार प्रतिबद्ध रहेको बताए । कोभिड महामारीले देशको उद्योगधन्दालगायत सम्पूर्ण कुरामा त्यसको प्रभाव पारेको पनि उहाँले बताए ।
देउवाले सरकारले कोभिडविरुद्ध खोप अभियानलाई प्रभावकारी बनाएका कारण महामारीको प्रभाव कम भए पनि रूस–युक्रेनबीचको युद्धका कारण देशको अर्थतन्त्रमा ठूलो प्रभाव पारेको पनि उल्लेख गरे । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ३० जेठ २०७९, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षक र प्रधानमन्त्रीबीच कुरो मिलेन, आज पनि आन्दोलन जारी
प्रधानमन्त्रीद्वारा पुल्चोक-गोन्द्राङ-६ लेन सडकको उद्घाटन, देश विकासमा पूर्वाग्रह नराख्न आग्रह
सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता छैन: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली आज चितवन जाँदै
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन: प्रधानमन्त्री ओली
उपलब्धिहरूलाई आधार बनाएर उज्यालो भविष्यतर्फ अघि बढौँ: प्रधानमन्त्री