रोल्पा । जिल्ला समन्वय समिति रोल्पाको आज सम्पन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को प्यानल विजयी भएको छ । समितिको प्रमुखमा सीता आचार्य निर्वाचित भएका हुन् । जिल्ला समन्वय समितिको उपप्रमुखमा सोही पार्टीका कर्मलाल परियार निर्वाचित भएका छन् ।
समन्वय समितिको सदस्यमा माओवादी केन्द्रको तर्फबाट ईन्द्रबहादुर रोका, केवलप्रसाद घर्ती र शेरबहादुर पुनः निर्वाचित भएका छन् । दलितबाट अल्पसङ्ख्यक सदस्यमा माओवादी केन्द्रका निलम सुनार निर्वाचित भएकी छिन् ।
महिला सदस्यमा सोही पार्टीका जितकुमारी विक, मिना सुनार र शर्मिला पुनमगर निर्वाचित भएका छन् । बीस मतदाता रहेको रोल्पामा माओवादी केन्द्रको १४, नेपाली कांग्रेसको पाँच र नेकपा (एमाले)को एक मतदाता रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ जेठ २०७९, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेनीमा आज माओवादीको सभा, प्रचण्डले सम्बोधन गर्ने
माओवादीको पदाधिकारी बैठक खुमलटारमा बस्दै
माओवादी संसदीय दलको बैठक आज बस्दै
माओवादीले माग्यो सार्वजनिक लेखा समितिका सभापतिको राजीनामा
चितवनमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश
माओवादी पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा