मुगु । हिमाली जिल्ला मुगुमा अपूरा किताब पुगेका छन् । पुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारले शैक्षिक सत्र सुरू भएकाे करिब एक महिनापछि अपूरा किताब पुराएकाे हाे । यद्यपि, अझै सबै कक्षाकाे पुस्तक आएकाे छैन ।
शैक्षिक सत्र सुरु भएकाे एक महिनापछि आएका पुस्तक पनि ४ देखि १० कक्षासम्मका मात्र रहेकाे जयलक्ष्मी पुस्तक भण्डारले जनाएको छ । जिल्लाका चार स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिकाका विद्यालयभित्रका विद्यालयहरूबाट मात्रै जयलक्ष्मी पुस्तक भण्डारले जिम्मा पाएकाे हाे ।
कक्षा १ देखि १० सम्म पुस्तक खरिदको जिम्मा पाएको यस पुस्तक भण्डारले सदरमुकाम गमगढी बजारमा ४ देखि १० कक्षासम्मका मात्र किताब आई पुगेकाे जनाएकाे छ ।कक्षा १ देखि ३ सम्मका पुस्तक भने अझै आएकाे छैन । कक्षा ५ को पाठ्यपुस्तक पनि सामाजिक विषय मात्र आई पुगेको पुस्तक भण्डारका प्रोपाइटर भाग्यराज भामले बताए ।
उनका अनुसार बाँकी पाठ्यपुस्तक एक दुई दिनभित्रै आईपुग्नेछन् । भामका अनुसार गत वर्षकाे तथ्यांक हेरेर छायाँनाथ रारा नगरपालिकाले एक सय १३ सेट पुस्तक माग गरेको थियाे । तर, विद्यालयहरूले पाँच सय ३० सेट पुस्तक माग गरेकाे उनकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ जेठ २०७९, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीमा छ लाख ४३ हजार थान पाठ्यपुस्तक बिक्री
जुम्लामा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक पुग्यो
शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक पुग्यो
जनक शिक्षा प्रादेशिक कार्यालय चितवनमा पाठ्यपुस्तक पर्याप्त
शैक्षिक सत्र सुरु हुनै लाग्दा गोदाममै थन्किए पाठ्यपुस्तक
जनकपुरका विद्यालयमा पाठ्यपुस्तकमा एकरूपता ल्याउने निर्णय