मकवानपुर । मकवानपुरको हेटौडा उपमहानगरपालिका–९ मा हिजो बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु–छोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मकपानपुरको हेटौडा उपमहानगरपालिका–९ पशुपनिनगरका अन्दाजी ५५ बर्षीय ईश्वर कुमार तामाङ र पछाडी सवार उनकी २६ बर्षीया छोरी अमिना तामाङ रहेका छन् ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा हेटौडा अस्पतालमा बेलुकीनै मृत्यु भएको प्रहरीले जनाएको छ । भारतिय नम्बरको ग्यास लोड भएको बुलेट ट्रकले तामाङ बाबु–छोरी सवार ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी सवा ७ बजे, ठक्कर दिएको थियो ।
दुर्घटना लगतै फरार भएका बुलेट ट्रकका चालकको खोजी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ जेठ २०७९, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङमा गुड्दै गरेको ट्रकमा आगलागी
कैलालीको बर्दगोरियामा गुड्दै गरेको ट्रकमा आगलागी
७० लाखको कपडासहित ट्रक प्रहरीको नियन्त्रणमा
बारामा ट्रक र जीप ठोक्किँदा २ जनाको मृत्यु, ४ जना घाइते
मोरङमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु
मोरङमा दुर्घटनापछि ट्रकमा आगजनी